नियम
विदेशमा पठाउने वैर विदेशमा पठाउने वैर विदेशमा पठाउने वैरङ्ग बारे

(१) नेपालबाट विदेश जाने वैरङ्गमा विनिमय हुलाकले नपूग महसुललाई सतहबाट जाने चिठ्ठीको पहिलो तहमा लाग्ने महसुलले भाग गर्दा आउने भिन्न अङ्कलाई टी टाँचामुनि अङ्कित गरेर पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पठाएको वैरङ्ग विदेशमा डेलिभरी हुन नसकी फिर्ता भई आएमा त्यसको टि टाँचामुनि अङ्कित अङ्कमा सतहबाट जाने चिठ्ठीको पहिलो तहको महसुलले गुणन गरेर आउने महसुल रकममा एक रूपैया“ समेत थपी प्रेषकबाट असुल गरिनेछ । निजले सो बमोजिमको रकम चुक्ता गरी वैरङ्ग बुझिलिन इन्कार गरेमा निजको हकमा नियम ३ को उपनियम (२) बमोजिमको कारवाई गरिनेछ ।